आइतबार, ६ जेठ २०८१

माछापुच्छ्रे बैंक र एम ए डब्लु अर्थ मुभर्सबीच सहुलियत दरमा कर्जा उपलब्ध गराउने सम्झौता

समयपोष्ट २०७७ मंसिर ३० गते १७:५५

Advertisement

माछापुच्छ्रे बैंक र एम ए डब्लु अर्थ मुभर्स प्रा लिबीच जेसिबी ब्रान्डका हेभि इक्युपमेन्ट खरिदमा सहुलियत दरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा एम ए डब्लु अर्थ मुभर्सको तर्फबाट अध्यक्ष बिष्णु कुमार अग्रवाल तथा माछापुच्छ्रे बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत एम ए डब्लु अर्थ मुभर्सका देशभर रहेका डिलरबाट जेसिबी ब्रान्डका नयाँ हेभि इक्युपमेन्ट खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पिओएस मार्फत बाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री