रुकुमको मुसिकोट सल्ले विमानस्थलमा निगमले थप दुई उडान भर्ने
समयपोष्ट
२०७४ पुष १६ गते १६:०१
नेपाल वायुसेवा निगमले रुकुमको मुसिकोट सल्ले विमानस्थलमा अब साताको चार दिन उडान भर्ने भएको छ ।
यसअघि सातामा दुई उडान भर्दै आएको निगमले सोमबारदेखि थप दुई उडान भर्ने भएको हो । यसअघि निगमले आइतबार काठमाडौँ–सल्ले–नेपालगन्ज र सोमबार नेपालगन्ज–रुकुम–काठमाडौँ उडान भर्दै आएको थियो ।
बुधबार काठमाडौँ–सल्ले–नेपालगन्ज र बिहीबार नेपालगन्ज–रुकुम–काठमाडौँ उडान भर्ने निगमको रुकुम सल्लेका स्टेशन इन्चार्ज रमेश शर्माले जानकारी दिनुभयो । उडान थप भएपछि यहाँका यात्रुहरुलाई सहज हुने भएको छ । यात्रुहरुको माग धेरै आएपछि उडान थप गरिएको शर्माले जानकारी दिनुभयो ।
रासस
प्रतिक्रिया