सोमबार, २४ वैशाख २०८१

प्रभु बैंकले घोषणा गर्यो १० प्रतिशत् लाभांश

समयपोष्ट २०७७ मंसिर २२ गते ११:०४

Advertisement

प्रभु बैंकले शेयरधनीहरुलाई लाभांश बाँड्ने भएको छ ।

बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/०७७ को मूनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंक सञ्चालक समितिले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत अर्थात १ अर्ब ३ करोड १५ लाख ५० हजार ६६३ रुपैंया बराबरको बोनस शेयर र कर प्रयोजनका लागि मात्र चुक्ता पूँजीको ०.५२६३ प्रतिशतले हुने ५ करोड ४२ लाख ९२ हजार १४१ रुपैंया बराबर नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंक सञ्चालक समितिले गरेको प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृत र बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउने छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री