शुक्रबार, १६ चैत २०८०

लाइसेन्सका लागि अनलाइनमार्फत आवेदन खुला

समयपोष्ट २०७७ मंसिर १८ गते १६:०३

Advertisement

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ प्रक्रिया खुल्ने भएको छ । यातायात व्यवस्था विभागले बुधबार एक सूचना जारी गर्दै नयाँ लाइसेन्सका लागि अनलाइनमार्फत आवेदन खुला गर्न लागिएको जनाएको छ ।

विभागले प्रदेश कार्यालयहरुको मागका आधारमा लाइसेन्सको लिखित तथा ट्रायल परिक्षाका लागि अनलाइन फारम खुल्ला गर्न लागिएको जनाएको हो ।

तर, अनलाइन फारम तथा परीक्षा सञ्चालन गर्ने सम्बन्धमा भने स्वयम् प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय तथा यातायात कार्यालयहरुको स्वःअधिकार हुने विभागले जनाएको छ । ‘नयाँ लाइसेन्सको आवेदन खुल्ला गर्ने,परीक्षा सञ्चालन गर्ने र यातायात सम्बन्धी नवीकरण, दर्ता लगायतका अधिकार विभागले सम्बन्धीत प्रदेशहरुलाई नै दिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री