लक्ष्मी बैंकको सेवा अब भाइबरमा, यस्ता छन् फाइदा
समयपोष्ट
२०७४ पुष ११ गते १४:२८
लक्ष्मी बैंकले पनि भाइवर बैंकिङ सेवा सुरु गरेको छ। लक्ष्मी बैंक भाइवरको पब्लिभक एकाउन्टमा आवद्ध भएसँगै सर्वसाधारणले बैंकका बारेमा विभिन्न सुचना सहजै थाहापाउन सक्ने भएका छन्।
बैंकका ग्राहकले भाइवर सेवामार्फत आफ्नो खाताको विवरण, ब्यालेन्स, मिनि स्टेटमेन्ट लगायत थुप्रै विषय थाहापाउन सक्ने छन्। यसवाहेक बैंकका शाखाहरु, एटिएम रहेका स्थान, विदेशी मुद्राको विनिमय दर पनि भाइवरबाटै थाहापाउन सक्ने छन्।
लक्ष्मी बैंकको शाखा संजाल ७४, ३ हस्पिटल सेवा काउन्टर, ९५ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु छन्।
सन् २००२ देखि लक्ष्मी बैंकले नविनतम् प्रविधिहरुको प्रयोग गर्दै आफ्नो बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । यसै सिलसिलामा लक्ष्मी बैंकको डिजिटल बैंकिङ्ग सेवा अन्तर्गत भाइबर सेवाले ग्राहकहरुलाई सहज तरिकाबाट बैंकमा सुविधाहरु प्राप्त गर्ने विकल्प समेत प्रदान गरेको छ ।
प्रतिक्रिया