बिहीबार, १३ वैशाख २०८१

भूकम्पपीडितको सहयोगार्थ फिलिपिन्समा यसरी जुट्दै युवा

समयपोष्ट २०७४ पुष ९ गते १०:५६

ललितपुरको योङ पिकासोको आयोजनामा फिलिपिन्सको गजमान स्ट्रिटस्थित मंगलदान नेशनल हाइस्कुलमा नेपाली कलाकारहरुद्वारा सामूहिक चित्रकला प्रदर्शनी गरिने भएको छ ।

Advertisement

सो प्रदर्शनी मंगलबारदेखि बिहीबारसम्म तीन दिन सञ्चालन हुने छ ।

उक्त चित्रकला प्रदर्शनीमा अजय देशार, किशोर नकर्मी, विपना महर्जन र सितु मास्केद्वारा तयार पारिएका चित्रहरु राखिने छन् ।

चित्रकला बिक्रीबाट संकलन भएको रकम नेपालका भूकम्पपीडितको सहयोगका लागि प्रदान गरिने आयोजकले जनाएको छ । योङ पिकासो एक सामुदायिक चित्रकला विद्यालय हो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री