मंगलबार, ४ वैशाख २०८१

प्रचण्डको ‘मर्निङ वक’ र समाजवाद

समयपोष्ट २०७४ पुष ९ गते ८:४८

समयपोस्ट
काठमाडौं । माओवादी केन्द्रका नेता प्रचण्ड अचेल मर्निङवक गर्न थालेका छन् । शनिबार चितवनमा रहँदा उनले पुलचोकदेखि गैंडाकोटसम्मको सडकमा करीब पाँच किलोमिटर मर्निङ वक गरे ।

Advertisement

मर्निङ वक स्वास्थ्यका लागि धेरै राम्रो हो । त्यसमाथि मुलुक बनाउने जिम्मा लिएका प्रचण्डको मर्निङ वक सिँगो मुलुककै लागि राम्रो हो । छोरा प्रकाशको निधनको शोकमा रहेका प्रचण्डमा हेल्थ कन्सिीयस पनि बढदै गएको छ । देश बनाउने नेता स्वस्थ पनि रहनुपर्छ ।

प्रचण्डको मर्निङ वकलाई एउटा विम्ब मान्न सकिन्छ । किनकी, समृद्ध नेपाल निर्माणको पनि यतिबेला नयाँ बिहानी आएको छ । अँग्रेजी नयाँ वर्षको पुर्व सन्ध्यामा मुलुकमा बामपन्थीहरुको बहुमत आएको छ र समृद्ध नेपाल निर्माणका लागि सुनौलो बिहान भएको छ । यो सुनौलो बिहानमा अब मुलुकलाई समाजबादतर्फ अग्रसर गराउने चुनौती छ ।

यही कारण आइतबार बाम बुद्धीजिवीहरुसँगको भेटमा प्रचण्डले भने, ‘अब पार्टी एकताबाट पछि हटने कुनै ठाउँ बाँकी छैन ।’ प्रचण्डले सेटीङमा समस्या आउला भनेर पहिल्यै विभिन्न विकल्पहरुमा सहमती भइसकेको र अब पार्टी एकता भएरै छाडने बताए । उनले भने, ‘पुलबाट खोला तरेपछि फर्कन नसकीयोस भनेर हामीले पुल नै भत्काएका छौं ।’

यस कारण एमाले नेता घनश्याम भुषालको विचारमा बाम गठबन्धन र पार्टी एकिकरणको प्रकृया समाजबादतर्फ छलाङ लगाउने दुरगामी सोच राखेरै सुरु गरिएको हो । उनले भनेका छन्, ‘चुनावी तालमेलमा मात्र यो सिमित हुँदैन, यसले मुलुकमा बृहत कम्युनिष्ट पार्टी बनाएरै छाडछ ।’

काँग्रेसको ‘हौवाबाद’
अब मुलुक समाजबादतर्फ लाग्ने, तर कस्तो खालको समाजबाद ? भन्ने प्रश्न उठदै आएको छ । काँग्रेसजनहरु यहीबेलामा पश्चिमाहरुले समेत सुन्ने गरी नेपालमा कम्युनिष्ट अधिनायकबादको खतरा आयो भनीरहेका छन् । काँग्रेस नेता एवं हालैका चुनावमा धनुषाबाट हारेका विमलेन्द्र नीधिले शनिबारसमेत त्यही कुरा दोहो¥याए । कम्युनिष्टहरु अधिनायकबाद हुन्छन् भन्ने हौवा खडा गरीरहेका काँग्रेसजनसँग समाजबादको कुनै खाका छैन । बिपीको समाजबाद उनीहरुले पोलेर खाइसके ।

काँग्रेससँग समाजबादको कुनै खाका छैन । उसँग फगत हौवाबाद छ । प्रधानमँन्त्री शेरबहादुर देउवाले चुनावअघि नै एक कार्यक्रममा भनेका थिए ‘कम्युनिष्ट शासन आएमा रुन पनि पाइदैन ।’
नेपालका दुइ प्रमुख बामपन्थी दल नेकपा (एमाले) र एमाओवादी केन्द्रवीच चुनावी तालमेल भयो र बाम गठबन्धनको भारी बहुमत आयो । अहिले पार्टी एकिकरणको प्रकृया सुरु भएको छ । यसबाट नेपाली काँग्रेस वास्तवमै अस्तीत्व सँकटमा छ । काँग्रेस वास्तवमै रुनुपर्ने अवस्थामा पुगेको छ । भित्रभित्र रोइरहेको पनि होला, यही कारण उबाट हौवाबादको जन्म भइरहेको छ ।

२०४८ सालको निर्वाचनताका काँग्रेसजनले ‘कम्युनिष्टहरुले ६० वर्ष पुगेपछि गोली ठोकेर मार्छन्’ भनेर हौवा चलाएको थिए । मनमोहन अधिकारीको नेतृत्वमा एमालेको नौ महिने सरकार गठन भयो । तात्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले बृद्ध भत्ताको कार्यक्रम ल्याएपछि काँग्रेसको त्यो हौवाले हावा खायो । त्यसपछि उनीहरुले ‘कम्युनिष्टहरु अधिनायकबादी हुन्छन्’ भन्ने हौवा चलाए । तर, त्यसले पनि हावा खायो ।

बामको समाजबाद
सन् १९१७ मा सोभियतसँघमा समाजवाद लागू भए पनि स्टालीनले जनवादी केन्द्रीयताको साटो ‘केन्द्रीयताबादी जनवाद’ लागू गरेका कारण त्यहाँ समाजवादको जरा जनतासम्म फैलीन पाएन । जनतालाई अधिकारसम्पन्न बनाउनुको साटो कम्युनिष्ट पार्टीको हेडक्वार्टर बलीयो भयो, जसले गर्दा त्यहाँ अनेक विकृती देखा परे । ‘पार्टी तानाशाही’ हावी हुन थाल्यो, जसले खु्रश्चेभजस्ता सुधारबादी नेताहरुको उदय गरायो ।

रुसको यो अनुभवबाट नेपालका कम्युनिष्टहरुले पाठ सिकिसकेका छन् र उनीहरुले आन्तरीक लोकतन्त्र र जनवादी केन्द्रीयतालाई बलियो बनाउने दिशामा पार्टीको सँगठनात्मक सँरचना निर्माण गर्दै आएका छन् । २०४६ साल २०६२/०६३ सालको परिवर्तनपछि त नेपालका बामपन्थीहरु काँग्रेसभन्दा पनि बढी लोकतान्त्रिक भएको पाइन्छ ।

चौथो महाधिवेशनपछि एमालेले र चुनवाङ वैठकपछि माओवादीहरुले बहुदलीय प्रतिश्पर्धालाई सैद्धान्तिक र व्यवहारीक रुपमै स्वीकार्दै आएका छन् । एमालेको जनताको बहुदलीय जनवाद र माओवादीको एक्काइशौं शताब्दीको जनवादमा स्पष्ट रुपमा बहुदलीय प्रतिश्पर्धा, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, विधिको शासनलगायतका मुलभूत लोकतान्त्रिक मुल्य मान्यताहरुलाई आत्मसात गरिएको छ । पार्टीभित्र आफुलाई लोकतान्त्रिक दावी गर्ने नेपाली काँग्रेसमाभन्दा उन्नत लोकतान्त्रिक अभ्यास एमाले र माओवादीले गर्दै आएका छन् ।

सँघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि पुरानो सँसदीय ढरर्राको लोकतन्त्रको साटो समानुपातिक र समावेशी लोकतन्त्रको अभ्यास गर्नुपर्ने, तल्लो र सिमान्तकृत बर्गलाई पनि मुलधारमा ल्याउने लोक कल्याणकारी र सामाजिक न्यायमुलक राज्यको अवधारणा बमोजिम नै नेपालको सँविधान निर्माण भएको छ । लोकतन्त्रलाई बढी जनमुखी बनाउने सोच नेपालका बामपन्थीहरुकै हो ।

बाम नै, लोकतान्त्रिक विकल्प
यसरी हेर्दा भोली एमाले र माओवादीको पार्टी एकतापछि मुलुकमा एउटा बलियो लोकतान्त्रिक शक्ति नै निर्माण हुने हो । जनमुखी लोकतन्त्रलाई आत्मसात गर्ने खालको बलियो लोकतान्त्रिक शक्तिले दुइ तिहाइ बहुमत ल्यायो भने मुलुकलाई प्रत्यक्ष दुइवटा फाइदा हुन्छ । पहिलो, स्थीर सरकार । दोश्रो, स्थीर सरकारको बलमा जनमुखी सुधार, विकास र समृद्धितर्फ छलाङ । यति भइसकेपछि लोकतन्त्रमाथि उग्रवाम या उग्रदक्षिणपन्थी कोणबाट आइरहने खतरा सदाका लागि समाप्त हुन्छ ।
नेपालका कम्युनिष्टहरुले ‘बामपन्थी स्पेश’ लिने नै भए, हुँदा हुँदा अब ‘लोकतान्त्रिक स्पेश’ पनि उनीहरुले नै ओगटे भन्ने मुल चिन्ता काँग्रेसजनमा देखिन्छ । काँग्रेसले वकालत गर्र्दै आएको ‘वेस्ट मिन्स्टर’ शैलीको बेलायती सँसदीय मोडल असान्दर्भीक भइसक्यो, अब नेपालमा नयाँ सँविधानमार्फत अभ्यास गर्न लागिको समावेशी, सहभागितामुलक, लोक कल्याणकारी र सामाजिक न्यायमुलक लोकतन्त्रको मोडल बामपन्थीहरुले नै ल्याएका हुन् । अझ, अहिले आएर ‘पुँजीको विकास गर्दै समान वितरणका लागि समाजवादतर्फ जाने’ नारा ल्याएपछि त काँग्रेस वैचारीक र सैद्धान्तिक रुपमै बामपन्थीहरु सामु कमजोर भएको छ ।

यही कारण ‘एमाले र माओवादी भनेका पुरानै हार्डकोर कम्युनिष्ट हुन, यीनीहरु सत्ता कब्जा गर्न चाहन्छन्, कम्युनिष्ट अधिनायकबाद लागू गर्न चाहन्छन्’ आदि हौवा चलाएर काँग्रेस आफ्नो गुमेको लोकतान्त्रिक स्पेशमा स्थापीत हुने कोशीस गरिरहेको छ । तर, सारा सँसारलाई रिझाएर नेपालका बामपन्थीहरुले मुलुकलाई नयाँ चरणमा प्रवेश गराउने अभियान थालीसकेका छन् ।
यस्तोमा प्रचण्डको मर्निङ वक मुलुकलाई समाजबादतर्फ अघि बढाउने वार्म अप पनि हुनसक्छ । किनकी, मर्निङ शोज द डे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री