शनिबार, ८ वैशाख २०८१

भारतीय महावाणिज्यदूतले मुख खोले ‘राजनीतिक परिवर्तनले सहयोग रोकिँदैन’ 

समयपोष्ट २०७४ पुष ८ गते १३:३७

महावाणिज्य दूतावास, वीरगञ्जका महावाणिज्यदूत सिवी प्रधानले नेपालको राजनीतिक परिवर्तनले भारतको सहयोग नरोकिने बताएका छन ।

Advertisement

जिल्ला समन्वय समिति, चितवनले आयोजना गरेको चितवनको विकाससम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उनले नेपालमा भएको राजनीतिक परिवर्तनका कारण भारतबाट विकास निर्माणका लागि हुने सहयोग नरोकिने बताए ।

परिवर्तनबाट नै विकास शुरु हुने भन्दै उनले भारत नेपालको हरेक विकास निर्माणका क्रममा साथमा रहेको बताए ।

नेपाल र भारतबीचको सम्बन्धलाई दिगो बनाउनका लागि आफ्नो कार्यकालमा कुनै कसर बाँकी नराख्ने उनले बताए । केही समयअघि चिसिएको सम्बन्धलाई सुधार गर्दै अझै बलियो सम्बन्ध बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा प्रदेश सांसद विजय सुवेदीले लामो समयदेखि व्यवस्थित योजना बनाउन नसक्दा जिल्लाको विकास सोचेअनुसार हुन नसकेको बताए । नेपालको एक महत्वपूर्ण जिल्लाका रुपमा रहेको चितवनको विकासका लागि भारत सरकारले चासोका साथ काम गर्नु आवश्यक रहेको उनले बताए । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री