शुक्रबार, १४ वैशाख २०८१

शिखर इन्स्योरेन्सको २९ प्रतिशत बोनस शेयर पारित, चुक्ता पूँजी एक अर्ब पाँच करोड

समयपोष्ट २०७४ पुष ८ गते ६:२६

शिखर इन्स्योरेन्सको १३औं वार्षिक साधारण सभाले गतबर्षको मुनाफाबाट प्रस्ताव गरेको २९ प्रतिशत बोनस शेयर पारित गरेको छ ।

Advertisement

शुक्रवार सम्पन्न साधारण सभाले संस्थापक शेयरमध्ये २० प्रतिशत (कुल शेयरको १४ प्रतिशत) शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने र कर प्रयोजनका लागि १.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताब समेत पारित गरेको छ ।

बोनस पारित भएसँगै इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब पाँच करोड पुगेको छ । शिखरले बीमा समितिले तोकेको चुक्तापूँजी पुर्याएको छ ।

समितिले र्निजीवन बीमा कम्पनीहरुलाई २०७५ आषाढ मसान्तभित्र एक अर्ब चुक्ता पुँजी कायम गर्न निर्देशन दिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री