शुक्रबार, ७ वैशाख २०८१

वैदेशिक रोजगार विभागका महानिर्देशकसंग १० लाख धरौटी माग

समयपोष्ट २०७४ पुष ६ गते ११:२९

वैदेशिक रोजगार विभागका निलम्बित महानिर्देशक विश्वराज पाण्डेसँग विशेष अदालतले १० लाख  धरौटी माग गरेको छ ।

Advertisement

बिहीवार अदालतका न्यायधीद्वय बाबुराम रेग्मी र प्रमोेदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासले पाण्डेसँग १० लाख धरौटी माग गरेको  हो ।

दुई दिनको थुनछेक बहसपछि पाण्डेसहित उक्त मुद्दाका अभियुक्त विभागका निलम्बित शाखा अधिकृत कृतिबल्लव पौडेल र नायव सुब्बा खङ्गबहादुर केसीसँग समेत  नही १०/१० लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

एसआरएस मेनपावर कम्पनीलाई कालोसूचीबाट हटाइदिने भन्दै एक महिनाअघि आयोगले घूस लिइरहेको अवस्थामा शाखा अधिकृत पौडेल र नासु केसीलाई पक्राउ गरेको थियो ।  धरौटी बराबरको रकम बुझाए उनीहरू साधारण तारेकमा रिहा हुनेछन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री