मंगलबार, ११ वैशाख २०८१

लोडसेडिङको हल्लाबारे प्रष्ट पार्दै कुलमानले भने – “लोडसेडिङ भएकै छैन”

समयपोष्ट २०७४ पुष ६ गते १०:१६

नेपाल विद्युत प्राधिकरणले घोषित वा अघोषित कुनै किसिमको लोडसेडिङ नगरिएको प्रष्ट पारेको छ । केहि दिन देखि विभिन्न आम सञ्चार माध्यम र सामाजिक सञ्जालमा अघोषित रुपमा लोडसेडिङ भइरहेको र लोडसेडिङ हुने भन्ने समाचारहरु सम्प्रेषण भइरहेकोमा बिहीबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विज्ञप्ती जारी गर्दै  औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक अन्य ग्राहकलाई घोषित वा अघोषित कुनै किसिमको लोडसेडिङ नगरिएको प्रष्ट पारेका छन् ।

Advertisement

प्राधिकरणले हिउँद लागेसँगै खोला तथा नदीमा पानीको वहाव घट्दा विद्युत उत्पादनमा कमी आउने तर विद्युत माग बढ्ने हुँदा प्राधिकरण सँग उपलब्ध सीमित उत्पादनले विद्युत माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण हुँदा हुँदै पनि उचित व्यवस्थापन गरी विद्युत आपूर्तिलाई सकेसम्म सहज बनाउन लागिपरेको बताएको छ।

प्राधिकरणले विज्ञप्तीमार्फत  विद्युत चोरीलाई निरुत्साहित गर्दै माग बढी हुने समय  साँझ बेलुका ५ बजेदेखि ८ बजे सम्म विद्युत खपत बढी गर्ने हिटर, वासिङ मेसिन, आइरन, पानी तान्ने पम्पलगायतका विद्युतीय उपकरण प्रयोग नगर्नसबैलाई आग्रह समेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री