शुक्रबार, ७ वैशाख २०८१

हुने नै भयो वाम एकता, संयोजन समितिको बैठक बस्ने

समयपोष्ट २०७४ पुष ५ गते १५:१९

वाम गठबन्धनमा आबद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्र को पार्टी एकता संयोजन समितिको बैठक यही शुक्रबार बस्ने भएको छ ।

Advertisement

निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका यी दुई वाम दलका शीर्ष नेता सम्मिलित सो समितिले निकट भविष्यमा पार्टी एकता गर्ने विषयमा ठोस योजना अघि सार्ने केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

उनले मतदाता र कार्यकर्ताबाट समेत पार्टी एकताको विषय अनुमोदन भइसकेकाले आफूहरुलाई थप अघि बढ्न कुनै समस्या नभएको स्पष्ट पारे । समितिमा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेता छन् ।

एमाले र केन्द्रबीच गत असोज १७ मा चुनावी तालमेल र पार्टी एकताको सहमति सार्वजनिक भएको थियो । दुवै पार्टीका नेताहरुले नयाँ सरकार गठन र एकता प्रक्रिया सँगसँगै अघि बढ्ने बताउँदै आएका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री