पराजय भोग्नुमा मुख्य कमजोरी रहेको भन्दै कांग्रेसभित्र देउवाको राजीनामा माग्ने तयारी !
समयपोष्ट
२०७४ पुष ५ गते १३:११
निर्वाचनमा कांग्रेसले पराजय भोग्नुमा सभापति शेरबहादुरको मुख्य कमजोरी रहेको भन्दै कांग्रेसमा देउवाको राजीनामा माग्ने तयारी भएको छ ।
नेताहरु प्रकाशमान सिंह, गगन थापा, प्रदीप पौडेल, कृष्ण सिटौला लगायतले सभापति देउवाको राजीनामा माग्ने तयारी थालेका हुन् ।
निर्वाचन परिणाम सार्वजनिक भैसक्दा पनि निर्वाचन समिक्षाका लागि केन्द्रीय समिति बैठक बोलाउन समेत सभापति देउवाले आलटाल गरेर त्यतिकै भुलाउन लागेको असन्तुष्ट नेताहरुको भनाई छ ।
यता, असन्तुष्ट समुहले सभापति देउवाको राजीनामा माग्ने तयारी गरिरहेपछि देउवा पक्षिय नेताहरुले भने कांग्रेसले चुनाव हार्नुमा बामगठबन्धन बन्नु नै प्रमुख कारण रहको निश्कर्ष निकालेको छ ।
प्रतिक्रिया