शुक्रबार, १४ वैशाख २०८१

वीरगञ्जको ग्यास उद्योगमा भीषण आगलागी, कम्तीमा पाँचको मृत्यु, दमकल पनि जल्यो

समयपोष्ट २०७४ पुष ५ गते ३:५०

वीरगञ्ज उपमहानगरपालिका पर्सौनी वडा नम्बर २४ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ ।

Advertisement

प्रहरीका अनुसार बिहान ७ बजेतिरको समयमा उद्योगमा आगलागी भएको हो । आगलागीमा परी कम्तीमा पनि ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको संख्या बढ्न सक्ने बताईएको छ ।

आगो निभाउनका लागि गएको वीरगञ्ज उपमहानगरपालिकाको दमकलसमेत जलेको बताईएको छ । ग्यास उद्योगभित्र कति मानिस थिए भन्ने पनि खुल्न सकेको छैन ।

आगलागी झन(झन फैलँदै गएको र  नियन्त्रण गर्न निकै कठिनाइ भएको  छ ।

ग्यास सिलिण्डर पड्किँदा २ वटा शव उछिट्टिएर बाहिर आएको प्रत्यक्षदर्शीले बताएका छन् । नेपाली सेना, नेपाल प्रहरीको टोली घटनास्थलमा छ । आगलागीको कारण खुलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री