शुक्रबार, १४ वैशाख २०८१

पेट्रोलियम पदार्थको मूल्य पुन: बढ्यो, यस्तो छ नयाँ मुल्य

समयपोष्ट २०७४ पुष ४ गते १५:०५

नेपाल आयल निगमले पुन: पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले मंगलबार राती १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको जनाएको छ ।

Advertisement

निमगले १५ दिनमा दोस्रो पटक  पेट्रोल,डिजल र मट्टितेलको मूल्य लिटरमा एक/एक रुपैयाँ बढाएको हो। निमगले हवार्इ इन्धन र एलपीजीको मूल्य भने यथावत राखेको छ ।

बढेको मुल्य अनुसार अब पेट्रोल १ सय १ रुपैयाँ र डिजल तथा मट्टितेल ७८ रुपैयाँ पर्छ।

आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार स्वचालित मूल्य संयन्त्रका आधारमा १५ दिनमा दुर्इ पटक मूल्य बढाइएको हो । नयाँ मूल्य निर्धारणपछि पनि निगमलार्इ ११ करोड रुपैयाँ घाटा रहेको गोईतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री