शनिबार, ८ वैशाख २०८१

सिन्धु विकास बैंकको ७ लाख ८ हजार ९७५ कित्ता सेयर लिलाममा

समयपोष्ट २०७४ पुष ४ गते ८:१८

सिन्धु विकास बैंकले हकप्रदमा अवितरित ७ लाख ८ हजार ९७५ कित्ता सेयर लिलाममा राखेको छ । बैंकले ५ लाख ८७२ दशमलव ४० कित्ता संस्थापक र एक लाख ४२ हजार १०२ कित्ता साधारण सेयर लिलामीमा राखेको हो । लिलामी सेयरमा लगानीकर्ताले  पुष ४ गतेदेखी १२ गतेसम्म  बोलपत्र पेश गर्न सक्नेछन् ।

Advertisement

लिलामीका लागि बैंकले एनआइबिएल क्यापिटल मार्केट्सलाई बिक्री प्रबन्धक तोकेको छ । लिलामी सेयरमा विक्री प्रबन्धकको कार्यालय लाजिम्पाट, शाखा कार्यालयहरु लगनखेल, ललितपुर र चिप्लेढुंगा पोखराबाट आवेदन समेत आवेदन दिन सकिने छ ।

त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, बुटवल, नारायणगढ र धनगढी शाखा कार्यालयबाट पुस १२ गतेसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री