शुक्रबार, १६ चैत २०८०

एनआर्इसी एशियाको ३ अर्बको डिवेन्चर निष्काशन,कहिलेसम्म आवेदन दिन पाईन्छ ?

समयपोष्ट २०७४ पुष ४ गते ६:५५

एनआर्इसी एशिया बैंकले ‘एनआईसी एशिया डिबेन्चर २०८१/८२’ को  आवेदन खुला गरेको छ ।  बैंकले ९ प्रतिशत ब्याजदरमा तीन अर्ब रुपैयाँको डिवेन्चर खुला गरेको हो ।  ७ वर्ष अवधिको प्रति डिवेन्चर १००० रुपैयाँअंकित मुल्यमा खुला गरिएको  ३० लाख कित्ता डिवेन्चरमा पुस १३ देखि १७ गतेसम्म आवेदन दिन सकिन्छ ।

Advertisement

बैंकको डिवेन्चरमा  नविल इन्भेष्टमेन्ट बैंकिङ नक्साल , एनआर्इसी एशिया बैंकका सम्पुर्ण शाखा कार्यालय ,र आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिन्छ ।

बैंकले ऋणपत्र निष्काशन गरी बाँडफाँड पश्चात संस्थापक शेयर धनीहरुको स्वामित्व ५१ प्रतिशत अर्थात चार अर्ब ९ करोड रुपैयाँ र ४९ प्रतिशत अर्थात तीन अर्ब ९३ करोड रुपैयाँ सर्वसाधारण तथा कर्मचारीको हुने बैंकले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री