एसबीआई बैंक र लुम्बिनी इन्स्याेरेन्सको सेयर मूल्य समायोजन
समयपोष्ट
२०७४ पुष ३ गते ५:०५
नेपाल एसबीआई बैंक र लुम्बिनी जनरल इन्स्याेरेन्सको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एसबीआई बैंकको १५.४२ प्रतिशत बोनस सेयरपछि सेयर मूल्य प्रतिकित्ता ६४५ रूपैयाँ कायम गरेको छ ।बैकको औसत मूल्य भने ८४८ रूपैयाँ रहेकाे छ ।
यसैगरी लुम्बिनी जनरल इन्सोरेन्सले १३ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन गरेको छ । लुम्बिनीको बोनस समायोजनपछि सेयर मूल्य ६८३ रूपैयाँ कायम भएको छ । यसको औसत आधार मूल्य ८०३ रूपैयाँ निर्धारण भएकाे छ ।
एसबीआईले पुस १९ र लुम्बिनीले पुष १४ गते सभा साधारण सभा गर्न शुक्रवार बुक क्लोज गरेका छन्।
प्रतिक्रिया