शुक्रबार, १६ चैत २०८०

भारतीय ‘आँखा’ बाटै नेपाल हेर्छन् शक्ति मुलुक पश्चिमा दूतावासहरु पनि दिल्ली सर्दै

समयपोष्ट २०७४ पुष ३ गते १:२२

नेपाललाई दक्षिणी छिमेकी भारतको ‘आँखा’ बाट हेर्ने पश्चिमा र शक्ति मुलुकहरुको नीतिमा खासै परिवर्तन देखिएको छैन ।

Advertisement

ती मुलुकहरु नेपालमा आफ्नो दूतावास राखेर दुईपक्षीय कूटनीतिक सम्बन्धलाई महत्व दिएको दाबी गरिरहे पनि नेपाल हेर्ने दृष्टिकोणमा भने भारतकै मुख ताक्छन् । आजको कान्तिपुर दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन ।

नेपाल भ्रमणमा आउँदा पहिले नयाँ दिल्ली ओर्लने होस् या काठमाडौं भ्रमण गरेपछि नयाँ दिल्ली पुगेर मात्र स्वदेश फर्कने गतिविधि हुन्, वा बधाई सन्देश र धारणामा होस्, भारतीय कूटनीतिज्ञको भनाइपछि मात्र आफ्नो अभिव्यक्ति राख्ने ती मुलुकहरुको शैली बदलिएको छैन । यसको प्रस्ट सन्देश हो( उनीहरु अझै भारतीय ‘आँखा’ बाट टाढा हुन सकेका छैनन् ।’

नेपालमा साना घटना हुँदा पनि बक्तब्य जारी गरिहाल्ने युरोपियन र अमेरिकनहरुले संघीयता लागू गर्ने र शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सकिएको एक सातापछि तीन मुलुकले मात्र वक्तव्य जारी गरे ।

विदेश मन्त्रालयमा नियमित हुने पत्रकार सम्मेलनमा नेपालबारे जिज्ञासा राखेपछि बल्ल छिमेकी भारतले आफ्नो धारणा दियो । अन्यथा निर्वाचनको विषयमा भारत चुप रहदै आयो । भारत चुप रहेको कारण होला, अन्य पश्चिमा र अमेरिकाले पनि धारणा दिन आवश्यक ठानेनन् ।

भारतका काठमाडौंस्थित दूतावासका अधिकारीलाई जिज्ञासा राख्दा उनीहरुले भनेका थिए, ‘हामी चुप हुदा नि गाह्रो नहुदा नि गाह्रो †’

यतिबेला काठमाडौंमा रहेका पश्चिमा दूतावासहरु पनि दिल्ली सर्दै गएका छन् ।

यहाँबाट उपलब्ध हुने सुविधा दिल्ली पुर्‍याउनु, दूतावासको आकार घटाउनु पनि भारतीय प्रभावमा उनीहरु भुल्नु नै हो । संविधान कार्यावन्यनको महत्वपूर्ण खुडकिलाका रूपमा लिइएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन सम्पन्न हुनेवित्तिकै मित्र मुलुकहरुबाट बधाई तथा शुभकामना सन्देश आउने अपेक्षा सरकारको थियो । तर, त्यस्तो भएन । अझै पनि आएको छैन ।

किन आउन सकेन शुभकामना भन्नेमा प्रधानमन्त्री कार्यालयले चासो ब्यक्त गरेको छ । नेपालको आन्तरिक मामिलामा विदेशी नबोल्नु राम्रो हो, तर महत्वपूर्ण खुडकिलोमा विदेशी सदभाव आवश्यक पर्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री