बिहीबार, १५ चैत २०८०

समानुपातिकतर्फको मतगणना सकियो,एमाले पहिलो पार्टी

समयपोष्ट २०७४ पुष २ गते ९:३२

मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ७७ वटै जिल्लाको मतगणना सकिएको छ ।

Advertisement

निर्वाचन आयोगले आफ्नो वेभसाइडमा राखेको नतिजा अनुसार समानुपातिकमा एमाले अगाडि छ । जसले ३१ लाख ७३ हजार ४९४ मत पाएको छ ।  कांग्रेसको मत ३१ लाख २८ हजार ३८९  रहेको छ ।

त्यसैगरी माओवादी केन्द्रको १३ लाख ३ हजार ७२१ मत छ । त्यस्तै राजपा नेपालको ४ लाख ७२ हजार २५४ छ भने संघीय समाजवादी फोरमको ४ लाख ७० हजार २०१ छ । त्यस्तै विवेकशीला साझा पार्टीको २ लाख १२ हजार ३६३ छ भने राप्रपाको १ लाख ९६ हजार ७८२ मत आएको छ । राप्रपा प्रजातान्त्रिकको ८८ हजार ३७७ रहेको छ ।

नयाँ शक्तिको ८१ हजार ८३७ मत आएको छ भने राजमोको ६२ हजार १३४ मत आएको छ । आयोगका अनुसार अन्य दलको जम्मा ३ लाख ५५ हजार १९२ मत आएको छ ।

निर्वाचन आयोगले मतगणना सकिएपनि अन्तिम नतिजा सार्वजनिक गर्न  समय लाग्ने र अपडेट गरेको आँकडा अन्तिम नभएको  जनाएको छ ।

आयोगका अनुसार सवै जिल्लाको मत परिणाम इन्ट्री गर्ने काम भइरहेकाले यो संख्या नै अन्तिम भने होइन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री