शुक्रबार, १४ वैशाख २०८१

हमालले ओलीलाई देश विकासको महायात्रा अगाडि बढाउन शुभकामना दिदा ओलीले दिए यस्तो सुझाव-

समयपोष्ट २०७४ पुष १ गते १०:०१

शनिबार महानायक राजेश हमाल बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । भेटमा हमालले वाम गठबन्धनले निर्वाचनमा स्पष्ट बहुमत ल्याएकोमा बधाई दिदै आगामी सरकारको नेतृत्व गरेर देशलाई स्थिरता, शान्ति र विकासको महायात्रामा अगाडि बढाउन शुभकामना दिए  । उनले राष्ट्रियताको अडानले आम नेपालीहरु उत्साहित भएको बताए ।

Advertisement

जवाफमा एमाले अध्यक्ष ओलीले भने, ‘जनता र देशले मलाई जुन विश्वास र जिम्मेवारी दिएका छन् त्यसलाई म कुशलतापूर्व निर्वाह गर्नेछु’ उनले भने, ‘देश र जनताका निम्ती मैले निर्वाह गरेको भूमिकाबाट कसैलाई पनि पछुतो हुने छैन ।’

भेटमा ओलीले हिरोहरुले चलचित्रमा अभिनय मात्र होइन, देश बनाउन भूमिका निवार्ह गर्नुपर्ने बताए । हमालले भने देशले आफूहरुबाट गरेको अपेक्षा पुरा गर्न कुनै कसर बाँकी नराख्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री