२० वर्ष नाघेका सवारी साधनको हकमा विभागले यस्तो कदम चाल्दै, गुड्नै नपाउने हो त ?
२० वर्ष आयु पार गरेका सवारी साधन गुडेको पाईएमा यातायात ब्यवस्था विभागले कार्वाही गर्ने भएको छ । आगामी चैतदेखि विभागले २० वर्ष आयु पार गरेका सवारी साधन गुडेको पाईएमा व्यवसायीलाई कारर्वाहीको दायरामा ल्याउने भएको हो ।
विभागले आगामी चैतदेखि २० वर्ष आयु पार गरेका सबै सार्वजनिक सवारीलाई देशैभरि गुड्न नदिने गरी प्रतिबन्ध लगाउने भएको छ । विभागका अनुसार इलेक्ट्रिक र ग्यास टेम्पो/माइक्रोको हकमा भने यो प्रतिबन्ध लागू हुनेछैन ।
चैत्र महिना देखि विभागले सबै किसिमका सवारी करहरु समेत नबुझ्ने जनाएको छ । बिभागले हाल २० वर्ष आयु नाघेका सार्वजनिक सवारीको तथ्यांक संकलन गरिरहेको छ । सो प्रक्रिया पुरा हुने बित्तिक्कै विभागले आवश्यक कदम चाल्ने जानकारी दियो ।
विभागका अनुसार पुराना सवारीको नामसारी पनि रोकिने र विक्री वितरणमा पनि प्रतिवन्ध लगाइने छ । हाल झण्डै पाँच हजार यस्ता सार्वजनिक सवारी गुडिरहेको अनुमान विभागको छ । तर, एकीन तथ्यांक नभएकाले यो संख्या १० हजारसम्म हुन सक्ने आकलन गरिएको छ ।
प्रतिक्रिया