शुक्रबार, १४ वैशाख २०८१

बामदेव गौतमको खुलासा : ओली र प्रचण्ड आलोपालो प्रधानमन्त्री हुने सहमति

समयपोष्ट २०७४ पुष १ गते ४:३६

वाम गठबन्धनका सूत्रधार बामदेव गौतमले एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड आलोपालो प्रधानमन्त्री हुने सहमति  भएको बताएका छन् ।

Advertisement

बीबीसी नेपाली सेवासँग कुरा गर्दै एमाले उपाध्यक्ष गौतमले आलोपालो प्रधानमन्त्री चलाउने सहमति चुनाव अगाडि नै भएको बताए ।

चुनावी परिणाम आएपछि एमालेका केही नेताले पार्टी अध्यक्ष र प्रधानमन्त्री एकै व्यक्ति हुनुपर्ने विचार राखिरहेका बेला बामदेवले यस्तो कुरा बताएका हुन् ।

उनले भने, ‘तर, सहमतिलाई घोषणासभामा भने सार्वजनिक गरेनौँ ।’ यही कार्यकालमा दुई–दुई वर्ष वा एकले पाँच वर्ष र अर्कोले पाँच वर्ष सरकार चलाउने भन्ने सहमति भने नभइसकेको उनले स्पष्ट पारे ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री