शुक्रबार, ७ वैशाख २०८१

सामुदायिक स्वास्थ्य सेवा परिषद्लाई हिमालयन बैंकको सहयोग

समयपोष्ट २०७४ मंसिर २९ गते १३:११

हिमालयन बैंक लिमिटेडले आफ्नो २५औँ वार्षिक उत्सवका अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौँ महानगरपालिका वडा नं १५ डल्लुस्थित ‘सामुदायिक स्वास्थ्य सेवा परिषद्’ लाई सहयोग प्रदान गरेको छ ।

Advertisement

बैंकले सहयोगस्वरुप उक्त स्वास्थ्य सेवा परिषद्लाई आठ हजार थान वहिरंग विभागका लागि ओपिडि टिकट बुक छपाइ गरी प्रदान गरेको हो ।

विसं २०५५ मा स्थापित उक्त स्वास्थ्य सेवा परिषद् सो क्षेत्रकै प्रतिष्ठित सामुदायिक अस्पताल हो । अस्पतालले विशेषतः आँखा, बाल स्वास्थ्य, हाड जोर्नी तथा नशा, नाक, कान तथा घाँटी, प्रसूति तथा स्त्रीरोग, दन्त, छाला तथा यौन रोगसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । विभिन्न सरकारी, गैरसरकारीदाता तथा स्थानीय बासिन्दाको सहयोगमा सञ्चालित यस सामुदायिक अस्पातलमा अन्य विभिन्न स्वास्थ्यसम्बन्धी सेवा सञ्चालन गरिरहेको छ ।

बैंकका तर्फबाट बैंकका महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग सामग्री परिषद्का अध्यक्ष हरि गोपाल श्रेष्ठलाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरे।

प्रतिक्रिया

सम्बन्धित सामाग्री