प्रचण्ड र ओलीबीच गोप्य बार्ता, के भयो सहमति ?
प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुबिधाजनक बहुमत ल्याएपछि बामगठबन्धनका दुई प्रमुख दल एमाले र माओवादी शीर्ष नेतावीच सरकार गठनदेखि पार्टी एकतासम्मको विषयमा छलफल शुरु भएको छ ।
निर्वाचन अघि ६०-४० अनुसार निर्वाचन लडेका यीदुई दलले निर्वाचनमा सफलता हसिल गरेपछि अव सरकार सञ्चालन र पार्टी नेतृत्व कसले गर्ने भन्ने विषयलाई प्रमुख एजेण्डा बनाएर गृहकार्य थालेका हुन् ।
निर्वाचन लगत्तै पार्टी एकता गर्ने भनिएपनि दुई दलले पहिला सरकार गठन र त्यसपछिमात्रै पार्टी एकता गर्नेगरी गृहकार्य थालेको बताइएको छ ।
यसका लागि एमाले अध्यक्ष केपी अोली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार छलफल भएको छ ।
भेटपछि प्रचण्डको सचिवालयले भनेको छ, नयाँ सरकार गठन, पार्टी एकता प्रकिया, राष्ट्रिय सभाको गठन र समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर छलफल भएको थियो। अध्यक्ष प्रचण्ड र ओलीबीच भएको छलफलमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र बाम गठबन्धन परिणाममूखी भएको निष्कर्ष निकालिएको छ।
ओली र प्रचण्डबीच भएको छलफलमा सरकार गठन र पार्टी एकतालाई सफलतापूर्वक सम्पन्न गर्नुपर्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई बलियो बनाएर लैजाने समझदारी भएको छ। शुक्रबारको छलफल अत्यन्तै सकारात्मक भएको र आवश्यक गृहकार्य गरेर अघि बढ्ने दुई अध्यक्षबीच समझदारी भएको छ।
प्रतिक्रिया