शुक्रबार, १४ वैशाख २०८१

साढे ३ बजेसम्म एमाले ७३ हजार मतको अन्तरले अगाडि

समयपोष्ट २०७४ मंसिर २९ गते १०:५८

पहिलो र दोस्रोचरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा ७३ हजार मतको अन्तरले नेकपा एमालेको अग्रता कायमै रहेको छ ।

Advertisement

निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट ३ : ३० प्राप्त जानकारीअनुसार, नेकपा एमालेले ३० लाख ७३ हजार, नेपाली काँग्रेसले २९ लाख ९९ हजार, नेकपा ९माओवादी केन्द्र०ले १२ लाख ४४ हजार र संघीय समाजवादी फोरमले नेपालले चार लाख ५२ हजार मत प्राप्त गरेको छ ।

यस्तै, राष्ट्रिय जनता पार्टी, नेपालले चार लाख ३२ हजार, विवेकशील साझा पार्टीले दुई लाख नौ हजार र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९२ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फको हालसम्म ९१ लाख ६१ हजार ८२८ मतगणना पूरा भएको आयोगले जनाएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री