शनिबार, १५ वैशाख २०८१

विदेशबाट आफन्तलाई उपहार ल्याउन भुल्नुभो ! अब वायुसेवा निगमकाे विमानमै उपहार किन्न सकिने

समयपोष्ट २०७४ मंसिर २९ गते ९:१९

नेपाल वायुसेवा निगमले ‘इन फ्लाइट ड्युटी फ्री सर्भिस’ सेवा शुरु गर्ने तयारी गरेको छ । तीन महिनाभित्र शुरु गरिने उक्त सेवाको लागि इच्छुक कम्पनीले आगामी १० जनवरीभित्र आवेदन दिन सक्नेछन् ।

Advertisement

यसका लागि एसिया र मध्यपूर्वका ड्युटी फ्री तथा ट्राभल कम्पनीलाई मुख्य प्राथमिकता दिइने निगमले जनाएको छ । निगमका अनुसार छनोट भएको कम्पनीले कम्तिमा १० वटा एयरलाइन्सहरुलाई सेवा दिइरहेको हुनुपर्नेछ साथै वार्षिक ५० लाख यात्रुलाई सेवा दिन सक्ने कम्पनीले मात्रै आवेदन दिन पाउने छन् ।

छनोट हुने कम्पनीले निगमका विमानभित्रै चस्मा, पफ्र्युम, गिफ्ट आइटम र मेकअपका सामान बिक्री गर्न पाउनेछन् ।उपहारका सामग्री भने निगमकै ‘क्रु मेम्बर’ले यात्रुसम्म पुर्‍याउनेछन् । पाँच वर्षका लागि छनोट हुने कम्पनीलाई सामान प्याक गर्न निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै ठाउँ उपलब्ध गराउने छ ।

निगमको विमानमा धेरै बर्ष अघि उपलब्ध उक्त सेवा विभिन्न उतारचढावका कारण बीचमा बन्ध भएको थियो । सोही सेवा निगमले हाल सञ्चालनमा ल्याउन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री