शुक्रबार, १४ वैशाख २०८१

माछापुच्छ्रे बैंकले रियल टाइममा नै खाता खोल्न मिल्ने गरी संचालनमा ल्यायो थप ३ शाखा रहित सेवा

समयपोष्ट २०७४ मंसिर २९ गते ८:१८

माछापुच्छ्रे  बैंक लिमिटेडले कन्चनपुर र बाँकेमा ३ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
बैंकले भिमदत्त नगरपालिका १६ चौराहा,वेदकोट नगरपालिका ८ समादाइजी र बैजिनाथ गाउँपालिका २ नौबस्ता गरि तीन वटा शाखारहित बैंकिङ संचालनमा ल्याएको हो।

Advertisement

बैंकले यूकेएड सक्षमसँगको सहकार्यमा उतm स्थानहरुमा ३ शाखा रहित बैकिङ्ग सेवा सुचारु गरेको हो । यो सहित माछापुच्छ्रे  बैंक लिमिटेडको हालसम्म ९ शाखा रहित बैकिङ्ग सेवा सुचारु भईसकेको बैकले जनाएको छ ।

ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

यूकेएड सक्षमको सहकार्यमा बैंकले २० वटा ग्राहक सेवा केन्द्रहरु स्थापना गर्ने, १४ जिल्लामा विपन्न वर्ग कर्जाहरु प्रदान गर्ने तथा वित्तीय साक्षारता अभियान संचालन गर्दै आएको छ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ९ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ७५ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै, बैकको देशभर ८४ वटा एटीएमहरु संचालनमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री