शनिबार, ८ वैशाख २०८१

प्रविधिले उपचार छिटो, छरितो र भरपर्दो बन्दै

समयपोष्ट २०७४ मंसिर २९ गते ३:५३

नेपालमा स्वास्थ्य उपचार पद्दतिमा आधुनिक प्रविधिले जटिल रोगको उपचार छिटो, छरितो र भरपर्दो बन्दै गएको छ । नयाँ प्रविधिले नेपालमा चिरेर शल्यक्रिया गर्ने चलन विस्तारै हराएको र एउटै प्वालबाट शल्यक्रिया हुने काम अघि बढेको छ ।

Advertisement

नेपाल शल्य चिकित्सक समाजको ११औँ राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा पाल्पा, तानसेनमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष तथा प्रा डा सिएल भट्टचनले विश्वले अवलम्बन गरेको प्रविधि नेपालको शल्य चिकित्सा क्षेत्रमा अवलम्बन गर्ने र देशका जनताले पाउने स्वास्थ्य सेवालाई निरन्तरता प्रदान गर्दै लैजाने मूल उद्देश्य रहेको बताए।

उनले पहिलेजस्तो एउटै चिकित्सकले सबै बिरामीलाई उपचार गर्नुपर्ने बाध्यता हटेको र सम्बन्धित विषय अध्ययन गरेको चिकित्सकले मात्र सम्बन्धित क्षेत्रका बिरामीको उपचार गर्ने बताए ।

समाजका महासचिव रुपेश मुखियाले नेपालको स्वास्थ्य प्रणाली व्यवस्थित तथा समयसापेक्ष वृद्धि गर्दै लैजानका लागि २१औँ शताब्दीमा नयाँ प्रविधिको प्रयोग नेपालमा समेत बढेको बताए। उनले नेपालमा जटिल रोगको उपचार नयाँ प्रविधिका कारण सहज बन्दै गएको बताए ।

लुम्बिनी मेडिकल कलेजका अध्यक्ष गोपाल पोखरेलले जटिल रोगको उपचारमा बिरामी आर्थिक समस्या भोग्न परेकाले बीमाबाट राज्यले बिरामीको समस्या हल गर्नुपर्ने बताए । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री