बुधबार, १२ वैशाख २०८१

चुनावबारे बोल्यो भारत: यस्तो छ भारतको धारणा

समयपोष्ट २०७४ मंसिर २९ गते १:२३

विगतका चुनावी नतिजा पूर्ण रुपमा सार्वजनिक हुन नपाउँदै निर्वाचनको स्वागत गर्ने भारतले यसपटक केही दिन ढिलो मात्रै चुनावको स्वागत गरेको छ ।

Advertisement

प्रतिनिधिसभाका सबै स्थानको निर्वाचन परिणाम सार्वजनिक भएको एक दिनपछि भारतले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

निर्वाचनको स्वागत गर्दै भारतले नयाँ सरकारसँग काम गर्न सरकार आतुर रहेको जनाएको छ ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले भने,

-नेपालमा शान्ति, स्थिरता र आर्थिक सम्वृद्धि होस् भन्ने हाम्रो चाहना छ ।

-लोकतान्त्रिक प्रक्रियाबाट आउने नयाँ सरकारसँग मिलेर काम गर्न भारत आतुर छ ।

-दुवै मुलुकबीच बर्षौ पुरानो घनिष्ठ सम्बन्ध रहेको छ ।

-नेपालको आर्थिक सम्वृद्धि र नेपाल भारत सम्बन्धका सबै  पक्षमा सहयोग गर्न भारत तयार छ ।

आजको नेपाल समाचारपत्रबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री