शनिबार, ८ वैशाख २०८१

फेसबुक जञ्जालः एक महिलाको जीवन बर्वाद त भयो नै आफन्तको २१ लाखसमेत डुब्यो !

समयपोष्ट २०७४ मंसिर २८ गते १:३२

सामान्य चिनजान भएको युवकमाथि विश्वास गर्दा संखुवासभाकी एक महिलाको जिवन बरबाद त भयो नै, आफन्तको २१ लाखसमेत डुब्यो ।

Advertisement

कारण थियो अमेरिकी नागरिकलाई जीवनसाथी बनाउने लोभ । फेसबुकमा चिनजान भएका ती युवकले आफु अमेरिकी आर्मी भनेर नक्कली परिचय दिएका थिए ।

च्याटमाा कुराकानी हुने क्रम बढ्दै जाँदा उनीहरुको सम्बन्ध विवाहमा परिणत भयो ।

अमेरिकी सेनासंग विवाह गरेपछि भविष्य खुशि होला भन्ने प्रलोभनमा परेकी ती युवती अहलिे विचल्लीमा परेकी छन् ।

त्यस्तै उनले दुई भाईको २१ लाख रुपैयाँ कहिल्यै फिर्ता नहुने भएको छ ।

अमेरिकी आर्मी हुँ भन्दै जीवनसाथी बनाउने पात्र हुन् सिन्धुलीपाल्चोक माङ्खाका तुलबहादुर तामाङ ।

तामाङले फेसबुकमार्फत ती युवतीसंगी परिचय बढाए । सात महिनाको भर्चुअल सम्बन्ध विवाहमा परिणत भयो ।

विवाहपछि उनका नातेदार राजेश र कैलाश गुरुङलाई अमेरिकी सेनामा जागरि लगाईदिने प्रस्ताव आएपछि उनीहरु सहमत भएर भिसा प्रक्रियाका लागि भन्दै तामाङलाई २१ लचाख बुझाए । आईएमईमार्फत पैसा आएलगत्तै तामाङ श्रीमतीसंग पनि असम्पर्कविहिन् भए ।

विदेश जाने प्रलोभन देखाएर आफ ठगिएको भन्दै पीडितले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिएपछि खोज्दै जाँदा तामाङ सिन्धुलीपाल्चोक माङ्खामै भेटिए र उनको ठगीको पर्दा खुल्यो । आजको नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री