शुक्रबार, १४ वैशाख २०८१

आइएमई र मुथुत फाइनान्सवीच रेमिटेन्स सम्झौता

समयपोष्ट २०७४ मंसिर २७ गते ९:१७

नेपालको आइएमई र इण्डियाको मुथुत फाइनान्सवीच रेमिटेन्स सम्झौता भएको छ । मुथुत फाईनान्सका तर्फबाट प्रमुख महाप्रवन्धक आरके बिजिमोन र आइएमईका तर्फबाट प्रमुख सञ्चालन अधिकृत खिलेन्द्र पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

Advertisement

सम्झौतासंगै भारतमा रहेका नेपाली नागरिकले मुथुत फाइनान्सका ४ हजार ६ सय शाखाबाट नेपाल पैसा पठाउन सक्नेछन् । यसरी पठाएको रकम नेपालमा रहेका ७ हजार १ सय भन्दाबढी आइएमई एजेन्टबाट भुक्तानी लिन सकिनेछ ।

नगद भुक्तानी सेवाका अतिरिक्त खातामा जम्मा गर्ने सुविधा पनि प्राप्त गर्न सकिनेछ । नेपालस्थित ग्लोबल आइएमई बैंक र भारतस्थित आरबीएल बैंक यो सेवाका लागि बैंकिङ्ग साझेदार संस्था हुनेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री