सोमबार, २४ फागुन २०७७

नेम्वाङले भने वाम गठबन्धनले जनतासँग गरिएका वाचा पूरा गर्दै विकास दिन्छ

समयपोष्ट २०७४ मंसिर २७ गते ८:४७

नेकपा (एमाले)का नेता एंव इलाम क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङले वाम गठबन्धनले जनतासँग गरिएका वाचा पूरा गर्ने बताएका छन् ।

Advertisement

मतदातालाई धन्यवादज्ञापन गर्न आज इलामको फाकफोकथुम गाउँपालिकास्थित कोल्बोटेमा आयोजित कार्यक्रममा उनले , “हामी जनतासँग निर्वाचनपूर्व गरिएका वाचा पूरा गर्छाैं, जनतालाई आश्वासन होइन, विकास दिन्छौँ ।”

“तपाईंहरूको अपार माया र विश्वासले हामीले निर्वाचन जितेका हौँ, तपाईंहरूले विकास चाहनुभएको छ, हामी त्यो पूरा गरेरै छाड्छौँ”, नेता नेम्वाङले भने ।

Advertisement

उनले इलामको २ नं क्षेत्र कर्णाली जस्तै अविकसित छ, यहाँ विकास निर्माण गरेर सुन्दर बनाउने जिम्मा पाएका छौँ, विकास र समृद्धि यस क्षेत्रको आवश्यकता हो भन्दै राष्ट्रलाई आर्थिक समृद्धिको दिशातर्फ उन्मुख गराउने प्रतिवद्धता व्यक्त गरे ।

इलाम क्षेत्र नं २ (ख) का प्रदेशसभा सदस्य धीरेन्द्र शर्मा (रमण)ले जनताले चाहेको आर्थिक र समृद्धिको शुरुवात गरिने बताउँदै विकास पूर्वाधारलाई पहिलो प्राथमिकता राखिने धारणा व्यक्त गरे । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री