शुक्रबार, ७ वैशाख २०८१

कांग्रेसका गणतन्त्रवादी तीनै नेता पराजित

समयपोष्ट २०७४ मंसिर २७ गते ३:३५

नेपाली काङ्ग्रेसमा धर्मनिरपेक्षता र गणतन्त्रको सबैभन्दा ठूला प्रवक्ता मानिने कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधि दुवैले पराजय भोगेका छन् ।

Advertisement

काङ्ग्रेस पार्टीलाई गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा लैजान विशेष भूमिका निर्वाह गर्नेहरूमा नरहरि आचार्य, कृष्ण सिटौला, विमलेन्द्र निधि, रामचन्द्र पौडेल र गगन थापा थिए । नरहरि आचार्य अस्वस्थ भएका कारण उनी उम्मेदवार बन्न सकेनन् ।

उम्मेदवार बनेकाहरूमध्ये रामचन्द्र पौडेल, विमलेन्द्र निधि र कृष्ण सिटौला गणतन्त्र स्थापनापछिको पहिलो निर्वाचनमा पराजित हुन पुगेका छन् भने काठमाडौं चार नम्बर निर्वाचन क्षेत्रबाट गगन थापा झिनो मतान्तरले विजयी बनेका छन् ।

स्मरणीय छ गगनले गणतन्त्रको वकालत गरे पनि उनको भूमिका नीतिगत एवम् निर्णायक तहमा नभई सडकमा सीमित थियो ।

निर्णायक तहमा रहेर मुख्य भूमिका निर्वाह गर्ने रामचन्द्र पौडेल, कृष्ण सिटौला र विमलेन्द्र निधि तीनैजना पराजित भएका छन् ।  घटना र विचार साप्ताहिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री