बिहीबार, १३ वैशाख २०८१

प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी, नियुक्त नगर्न एमाले दबाब

समयपोष्ट २०७४ मंसिर २७ गते २:०३

 

Advertisement

सरकारले प्रदेश प्रमुखको नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी गरेको छ ।

सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले दिएको जानकारीअनुसार सम्भवत भोली बिहाीबर बस्ने मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखको नियुक्तिका बारेमा छलफल गर्नेछ ।

संविधानविद् भीमार्जुन आचार्यका अनुसार प्रदेश प्रमुखको नियुक्ति मन्त्रिपरिषदको सिरफारिसमा राष्ट्रपतिले गर्ने हो ।

संविधानअनुसार प्रत्येक प्रदेशमा नेपाल सरकारका प्रतिनिधिका रुपमा प्रदेश प्रमुख रहने उल्लेख छ । प्रदेश प्रमुखले नै मुख्य मन्त्रिको नियुक्ति गर्नेछ ।

नेपाल समाचारपत्रमा रामकृष्ण चापागाईंले लेखेका छन् ।

प्रदेश प्रमुख नियुक्त नगर्न एमाले दबाब

प्रदेशसभा र प्रतिनिधिसभा चुनाव सम्पन्न भई नयाँ सरकार गठनको संघारमा रहेकाले प्रदेश प्रमुखसहितका दीर्घकालीन प्रभाव राख्ने नियुक्ति नगर्न एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएको हो । ‘यतिबेला प्रदेश प्रमुखको नियुक्ति गर्न मिल्दैन ।

राजनीतिक सहमतिमा गरिने नियुक्ति वर्तमान सरकारले एक्लै गर्न सक्दैन,’ एमालेका पोलिटब्युरो सदस्य विष्णु रिमालले मंगलबार कान्तिपुरसँग भने, ‘हतारिएर निर्णय नगर्न हामीले प्रधानमन्त्रीलाई सन्देश पुर्‍याएका छौं ।’

स्वतन्त्र, निर्विवादित र प्रतिष्ठित छविका व्यक्तिलाई ७ वटै प्रदेशमा प्रमुख नियुक्त गर्न बाँकी छ । प्रदेश प्रमुखले मुख्यमन्त्रीलाई शपथ गराउनेसहितका कामकारबाही गर्नेछन् ।

एमाले नेता रिमालले सरकारले जबर्जस्ती प्रदेश प्रमुख नियुक्त गरे पछि बन्ने एमाले नेतृत्वको सरकारले हटाउने चेतावनीसमेत दिए । ‘कामचलाउ सरकारले यसरी नियुक्ति गर्ने नै होइन । एमाले र माओवादी केन्द्रसँग सरकारले छलफलसमेत गरेको छैन ।

यो अवस्थामा नियुक्ति हुने व्यक्तिलाई समेत विवादमा पार्ने गरी कुनै निर्णय नहोस् भनी हामीले सम्बन्धित निकायमा भनेका छौं,’ रिमालले जानकारी दिए ।

मन्त्रिपरिषद्‍को सोमबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्तिको तयारीबारे सुनाएका थिए । सम्भवत: आउने बैठकमा नियुक्ति हुने जानकारी देउवाले मन्त्रिपरिषद्‍का सदस्यहरूलाई दिएका थिए ।आजको कान्तिपुरबाट 

प्रतिक्रिया

सम्बन्धित सामाग्री