शुक्रबार, १४ वैशाख २०८१

‘अब हामी प्रतिपक्षसँग सहकार्य र सम्मानपूर्ण व्यवहार गर्दै देश विकासको बाटोमा अघि बढ्छौं ’

समयपोष्ट २०७४ मंसिर २५ गते ८:३३

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षसँग सहकार्य र सम्मानपूर्ण व्यवहार गर्दै देश विकासको बाटोमा अघि बढ्ने बताएका छन् । बिजय र्‍यालीलाई सम्बोधन गर्न झापा पुगेका ओलीले भने,‘अब हामी प्रतिपक्षसँग सहकार्य र सम्मानपूर्ण व्यवहार गर्दै देश विकासको बाटोमा अघि बढ्छौं ।’उनले भने,‘हामीले स्वभाविक बिजय हासिल गरेका छौं । जनताले हाम्रो एजेण्डा र हामीले लिएका अडानलाई अनुमोदन गरेका छन्’

Advertisement

झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित ओलीले प्रतिपक्षको विश्वास जितेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आरोप प्रत्यारोप र खण्डन मण्डनका सिलसिला चुनावसँगै सकिएको समेत बताए । उनले  अब राजनीतिको नभै बिकासका कुरामा अघि बढ्ने स्पष्ट पारे ।  सरकार सन्चालनमा निष्पक्षता, स्वच्छता र पारदर्शिता आफ्ना प्राथमिकता हुने उनले प्रष्ट पार्दै अध्यक्ष ओलीले भने,‘अब राजनीतिका कुरा होइन विकासका कुरा गर्छौं । हामीले बहुमत ल्याउनेमात्र सोचेको थिएनौं, बहुमत ल्याएपछि के गर्ने भन्ने पनि सोचेर अघि बढेका हौं’ एमाले अध्यक्ष ओलीले भने,त्यसैले साम्प्रदायिक विद्धेषको अन्त गर्दै राष्ट्रिय एकता कायम गरेर विकास र सम्बृद्धिको बाटोमा मुलुकलाई लैजान्छौं ।’

उनले निर्वाचन सम्पन्न गराएकोमा सरकार र निर्वाचन आयोग लगायत राज्यका सम्पुर्ण संयन्त्रलार्इ धन्यवाद दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री