मंगलबार, ४ वैशाख २०८१

सल्यानमा वाम गठबन्धनको क्लिनस्वीप, बिना विभागीयमन्त्री बस्नेतले गरे ह्याट्रिक

समयपोष्ट २०७४ मंसिर २५ गते ३:५१

सल्यानमा वाम गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् ।गठबन्धनका उम्मदेवारले प्रतिस्पर्धीलाई फराकिलो मत अन्तरले पछि पार्दै विजयी भएका हुन् ।

Advertisement

प्रतिनिधिसभाका लागि वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका टेकबहादुर बस्नेतले ४० हजार ८९७ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजेन्द्रबहादुर शाहले २९ हजार ७६७ मत प्राप्त गरे । हाल बिना विभागीयमन्त्री समेत रहेका बस्नेतले ह्याट्रिक गरेका हुन ।

यस्तै प्रदेश क बाट नेकपा एमालेका उम्मेदवार गुलावजंग शाह १९ हजार ६५८ मत प्राप्त गरी विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका एकराज डिसीले १० हजार ६१२ मत प्राप्त गरे ।

प्रदेश ख बाट एमालेकै पोलिटब्यूरो सदस्य प्रकाश ज्वाला विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डिल्लीराज रेग्मी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री