शुक्रबार, १६ चैत २०८०

चितवन १ बाट पूर्व अर्थमन्त्री पाण्डे विजय, ३ मा मतअन्तर बढाउँदै प्रचण्ड

समयपोष्ट २०७४ मंसिर २५ गते ३:१९

चितवनमा जारी मतगणनाको आज बिहान जारी अन्तिम परिणामअनुसार प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा नेकपा एमालेका सुरेन्द्र पाण्डे विजयी भएका छन् ।

Advertisement

पाण्डेले ५१ हजार ८० मत प्राप्त गर्नुभएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजेन्द्र बुर्लाकोटीले ३५ हजार ३६० मत प्राप्त गरे । पाण्डेले १५ हजार ७२० मतान्तरले बुर्लाकोटीलाई पराजित गरेका हुन । सो क्षेत्रमा ८९ हजार ७४६ मत खसेको थियो ।

यस्तै चितवन क्षेत्र नम्बर ३ को प्रदेशसभामा दुवै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । चितवन क्षेत्र न ३ प्रदेशसभा ९१० मा एमालेका तर्फबाट उम्मेदवार रहेका कृष्ण भूर्तेल दुई हजार ४६ मत अन्तरले विजयी भएका छन । उनले २३ हजार ४११ मत प्राप्त गर्दा उनका निकतटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिनेश कोइराला २१ हजार ३६५ मत प्राप्त गरे ।

यस्तै प्रदेशसभा ९२० मा माओवादी केन्द्रका रामलाल महतो विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई नौ हजार ११६ मतले पराजित गरे । महतोले २५ हजार ६१ मत प्राप्त गरे भने नेपाली काँग्रेसका उम्मेदवार साजककुमार महतोले १५ हजार ९४ मत प्राप्त गरे ।

३ मा मतअन्तर बढाउँदै प्रचण्ड
चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतअन्तर बढाउँदै गएका छन् । उनले अहिलेसम्म गणना भएको ६८ हजार ५९२ मतमध्ये ३६ हजार ५७७ प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले २७ हजार १११ मत प्राप्त गरेका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री