शनिबार, १५ वैशाख २०८१

रामेछापमा वाम गठबन्धनका उम्मेदवार बिजयी

समयपोष्ट २०७४ मंसिर २४ गते ५:२९

रामेछापमा वाम गठबन्धनका उम्मेदवारहरु बिजयी भएका छन् । प्रतिनिधि सभामा माओवादी केन्द्रका  श्यामकुमार श्रेष्ठ विजयी भएका छन् भने  प्रदेश तर्फको क्षेत्र ‘क’मा नेकपा एमालेका शान्ति प्रसाद पौडेल र  क्षेत्र ‘ख’मा एमालेकै कैलाश ढुंगेल बिजयी भएका छन् ।

Advertisement

प्रतिनिधि सभामा कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङलाई ६ हजार ३ सय ४६ मतले पछि पार्दै वाम गठबन्धनबाट श्रेष्ठ विजयी भएका हुन् । कुल ८९ हजार ५ सय ८७ मतमध्ये श्रेष्ठले ४२ हजार १ सय १७ मत प्राप्त गरे । कांग्रेसका पूर्णबहादुर तामाङले ३५ हजार ७ सय ७१ मत प्राप्त गरे । 

प्रदेश तर्फको क्षेत्र ‘क’मा पौडेलले नेपाली कांग्रेसका रत्न कार्कीलाई ६ हजार ३ सय ११ मतान्तरले पराजित गरे ।  पौडेलले २२ हजार ३ सय ६९ मत ल्याएका छन् भने कार्कीले १६ हजार ५८ मत प्राप्त गरे ।  प्रदेश तर्फको क्षेत्र ‘ख’मा ढुंगेलले २६ हजार ९ सय ३५ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी मगरले १४ हजार ७ सय २९ मत प्राप्त गरेका छन् । दुई बिचको मतान्तर १२ हजार २ सय ६ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री