शनिबार, १५ वैशाख २०८१

गुल्मी भयो वाम गठबन्धनको लाल किल्ला

समयपोष्ट २०७४ मंसिर २४ गते ४:२४

 

गुल्मीमा प्रतिनिधिसभा १ र २ मा वाम गठबन्धन (एमाले)का उम्मेदवार प्रदीप ज्ञवाली र गोर्कण विष्ट विजयी हुनुभएको छ । 
प्रतिनिधिसभा १ मा ज्ञवालीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चन्द्र भण्डारीलाई पछि पार्दै जित हासिल गनुभएको हो । ज्ञवालीले ३७ हजार ८१४ मत ल्याई विजयी हुनुभएको हो भने नेपाली काँगे्रसका चन्द्र भण्डारीले ३० हजार २५६ मत ल्याउनुभएको थियो । 
यस्तै प्रतिनिधिसभा २ मा विष्टले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चन्द्रबहादुर केसीलाई पछि पार्दै जित हासिल गर्नुभएको छ । विष्टले ३४ हजार, ६१८ मत प्राप्तगरी विजयी हुनुभएको हो भने नेपाली काँगे्रसका चन्द्रबहादुर केसीले २० हजार १५६ मत ल्याउनुभएको थियो । 

Advertisement

दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा १ र २ प्रतिनिधिसभामा वाम गठबन्धनका एमालेले विजय हासिल गरेको छ । भने ४ प्रदेशसभामा पनि गठबन्धनअन्तर्गत दुई एमाले र दुई माओवादीले विजयी हासिल गरेका छन् । 

यस्तै गुल्मीको प्रतिनिधिसभा क्षेत्र नं १ को (क) प्रदेशमा माओवादीका सुुदर्शन बराल विजयी हुनुभएको छ । बरालले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पृथ्वीबहादुर फौजदारलाई पछि पार्दै जित हासिल गर्नुभएको हो । बरालले १७ हजार १९० मतसहित भारी मतले विजयी हुनुभयो भने उता नेपाली काँगे्रसका पृथ्वीबहादुर फौजदारले १३ हजार २९९ मत मात्र ल्याउनुभएको थियो । यी बराल र फौजदारबीचको मतको अन्तर भने चार हजार ६११ मत रहेको थियो । 

यस्तै गुल्मीको प्रतिनिधिसभा क्षेत्र नं १ को (ख) प्रदेशमा एमालेका कमल श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका धनेन्द्रबहादुर कार्कीलाई पछि पार्दै जित हासिल गर्नुभएको हो । श्रेष्ठले १९ हजार ५९१ मतसहित भारी मतले विजयी हुनुभएको हो भने उता नेपाली काँगे्रसका धनेन्द्रबहादुर कार्कीले १६ हजार ३७३ मत ल्याउनुभएको थियो । यी श्रेष्ठ र कार्कीबीचको मतको अन्तर भने तीन हजार २१८ मत रहेको थियो । 

यस्तै गुल्मीको प्रतिनिधिसभा क्षेत्र नं २ को (क) प्रदेशमा एमालेका खड्क केसी विजयी हुनुभएको छ । केसीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शालिकराम पन्थीलाई पछि पार्दै जित हासिल गर्नुभएको हो । 

केसीले १६ हजार, १६५ मतसहित भारी मतले विजयी हुनुभएको हो भने उता नेपाली काँगे्रसका शालिकराम पन्थीले ११ हजार ६७३ मत ल्याउनुभएको थियो । यी केसी र पन्थीबीचको मतको अन्तर भने चार हजार ४९२ मत रहेको थियो । 

यस्तै गुल्मीको प्रतिनिधिसभा क्षेत्र नं २ को (ख) प्रदेशमा माओवादीका दिनेश पन्थी विजयी हुनुभएको छ । पन्थीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका छन्दबहादुर पहराईलाई पछि पार्दै जित हासिल गर्नुभएको छ । पन्थीले १७ हजार ६०१ मतसहित विजयी हुनुभएको छ भने उता नेपाली काँगे्रसका छन्द पहराईले नौ हजार ५६४ मत मात्र ल्याउनुभएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री