बिहीबार, १३ वैशाख २०८१

गोरखा -२ को पछिल्लो मत परिणाम यस्तो छ ,भट्टराई जीत नजिक

समयपोष्ट २०७४ मंसिर २३ गते १०:२७

गोरखाको क्षेत्र नं. २ को पछिल्लो मत परिणाम अनुसार हालसम्म ५२ हजार ५ सय ६५ मत गणना भइसकेको छ । ५२ हजार ५ सय ६५ मत गणना भईसक्दा गोरखाको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले  २७ हजार २ सय २३ मत प्राप्त गरेका छन् ।  करिब ७ हजार ५ सय मत गन्न बाँकी रहदा डा.भट्टराईले ४९ सय मतको अग्रता  कायम गरेका छन् ।  भट्टराईका प्रतिष्पर्धी माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठले २२ हजार ३ सय २३ मत  प्राप्त गरेका छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री