शुक्रबार, १४ वैशाख २०८१

सिन्धुपाल्चोकको दुबै क्षेत्र बामगठबन्धनको कब्जामा,१ मा सापकोटा र २ मा तामाङ विजयी

समयपोष्ट २०७४ मंसिर २३ गते ९:१०

सिन्धुपाल्चोकका दुईवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । प्रतिनिधिसभाका लागि क्षेत्रनम्बर १ मा माओवादीका अग्नि सापकोटा र क्षेत्रनम्बर २ मा एमालेका शेरबहादुर तामाङ विजयी भएका छन् ।

Advertisement

पूर्वसञ्चारमन्त्री समेत रहेका सापकोटाले बहालवाला सञ्चारमन्त्री कांग्रेसका मोहन बहादुर बस्नेतलाई १० हजार ७ सय ६ मत अन्तरले हराएका छन् । सापकोटाले ४० हजार ५०४ मत पाएका छन् ।

यसैगरी प्रतिनिधिसभा तर्फ नै क्षेत्रनम्बर २ बाट एमाले उम्मेदवार शेरबहादुर तामाङ विजयी भएका छन् । तामाङले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष समेत रहेका पशुपति समशेर जबरालाई ७ हजार ६७२ मतले हराएका छन् ।

तामाङले ३७ हजार ४५० र राणाले २९ हजार ७७८ मत पाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री