शुक्रबार, १४ वैशाख २०८१

जाजरकोटमा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत भारी मतअन्तरले विजयी

समयपोष्ट २०७४ मंसिर २३ गते ८:२७

जाजरकोटमा प्रतिनिधिसभा सदस्यमा गठबन्धनबाट माओवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले  कांग्रेसका उम्मेदवार राजीवबिक्रम शाहलाई फराकिलो अन्तरले पराजित गरेका छन ।
बस्नेतले ३२ हजार २८१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका राजीवविक्रम शाहले २३ हजार २८९ मत ल्याएर पराजित भएका छन् ।
त्यस्तै प्रदेश क मा वाम गठबन्धनबाटै माओवादी केन्द्रका गणेशप्रसादसिंह खगेन्द्रसेन विजयी भएका छन् ।

Advertisement

सिंहले १६ हजार ९११ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एवं कांग्रेसका उम्मेदवार वेदराज सिंहले १२ हजार ८७८ मत प्राप्त गरे ।

प्रदेश ख मा वाम गठबन्धनकै एमालेका करबीर शाही विजयी भएका छन् । शाहीले १५ हजार १८५ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपकजंग शाहले १० हजार ३६० मत प्राप्त गरेर पराजय भएका छन ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री