बिहीबार, १३ वैशाख २०८१

गारेखा -२ मा बाबुराम भट्टराईकै अग्रता ,यस्तो छ पछिल्लो अपडेट

समयपोष्ट २०७४ मंसिर २२ गते ६:५०

गोरखा १ मा प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धन र २ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मत परिणाम अगाडि देखिएका छन् । 

Advertisement

बिहीबारबाट मतगणना गरिएको गोरखामा अहिले बिहानसम्मको मतगणनामा गोरखा १ प्रतिनिधिसभामा माओवादी केन्द्रका नेता हरिराज अधिकारी ४,९३४ मतका साथ अघि र काँग्रेसका उम्मेदवार चीनकाजी श्रेष्ठ ४,४७२ मतका साथ पछ्याइरहेका छन् ।  अहिलेसम्म १० हजार ८७४ मत गणना भएको छ । 

यस्तै गोरखा १ प्रदेशसभा क मा पनि माओवादी केन्द्रका नेता लेखबहादुर थापा ३,८२९ मत ल्याएका छन्  भने काँग्रेसका नेता धीरन थापा २,५०७ मत ल्याएका छन् । अहिलेसम्म छ हजार ६८३ मत गणना गरिएको छ । 

प्रदेशसभा क्षेत्र ‘ख’ मा नेकपा (एमाले)का नेता रामशरण बस्नेत ३७९२ मतका साथ अगाडी छन् भने काँग्रेस नेता राजेन्द्र बजगाइँ २४२६ मत ल्याएका छन् ।  अहिलेसम्म ६५५० मत गणना भएको छ । 

प्रतिनिधिसभा क्षेत्र नं २ मा नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई ७५२० मतका साथ अगाडी छन् भने उनलाई माओवादी नेता नारायणकाजी श्रेष्ठ ६३०४ मतका साथ पछ्याइरहेका छन् । अहिलेसम्म १४ हजार ७७१ मत गणना गरिएको छ । 

गोरखा २ ‘क’ प्रदेशमा माओवादीकी कमला नहर्की ४३७५ मत ल्याईन् भने नयाँ शक्तिका नेता हरिशरण आचार्य ४७४० मत ल्याएर अगाडी छन् ।  अहिलेसम्म यहाँ नौ हजार ६७१ मतगणना भएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री