बुधबार, १२ वैशाख २०८१

केपि ओली सहित मुख्य दलका यि नेताले आफैलाई भोट हाल्न पाएनन्

समयपोष्ट २०७४ मंसिर २१ गते ४:१८

झापामा उत्साहजनकरुपमा शुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा तीन शीर्ष पार्टीका उम्मेदवारले आफूले आफैँलाई मतदान गर्न पाएनन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा (माओवादी केन्द्र)का नेता सुरेन्द्रकुमार कार्कीले आफुले आफैँलाई मतदान गर्न नपाएका हुन् । एमाले अध्यक्ष ओली र काँग्रेस नेता सिटौलाको झापा गृहजिल्ला हो । तर, नेकपा (एमाले)का अध्यक्ष ओलीले मतदाता नामावली भक्तपुर–२ मा सारेपछि उनले झापाबाट मत खसाल्न पाएनन्  । 
यता भद्रपुर नगरपालिकाको वडा नं १०, निर्वाचन क्षेत्र नं १ मा परेपछि काँग्रेस नेता सिटौलाले आफुले आफैँलाई मतदान गर्न पाएनन्  । वाम गठबन्धनका तर्फबाट झापा– १ बाट उम्मेदवार बनेका कार्कीको मतदाता नामावली काठमाडौँ—१ मा भएकाले उहाँले पनि आफूले आफैँलाई मतदान गर्न पाएनन् । एमाले अध्यक्ष ओली झापा—५, काँग्रेस नेता सिटौला झापा—३ र नेकपा (माओवादी केन्द्र)का नेता कार्की झापा—१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन् । रासस

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री