बिहीबार, १३ वैशाख २०८१

रुस्लान भोड्का उपभोक्ताको चाहाना अनुरुप अब नयाँ प्याकेजिङ्गमा

समयपोष्ट २०७४ मंसिर १९ गते ५:५८

नेपालको प्रतिष्ठित कम्पनी जावलाखेल ग्रुप अफ इन्डष्ट्रिज प्रा. लि. को व्यवस्थापनमा विजय डिष्टीलरी प्रा. ली. द्वारा उत्पादित तथा वितरीत रुस्लान भोड्का अब नयाँ प्याकेजिङ्गमा बजारमा आएको छ । ग्राहाकहरुमाझ अधिक रुचाइएको नेपालकै नं. १ रुस्लान भोड्का, ग्राहाककै चाहाना अनुरुप नयाँ प्याकेजिङ्गमा उपलब्ध गराइएको कम्पनिले जनाएको छ । 

Advertisement

हाल बजारमा रहेको बोतलको क्याप खोल्न केहि अप्ठेरो र मदिराको मात्रा पहिचान गर्न असजिलो भएको गुनासोहरुलाई मध्यनजर गर्दै कम्पनीले अत्याधुनिक प्याकेजिङ्ग भएको बोतल बजारमा ल्याएको हो । अहिले बजारमा ल्याइएको नयाँ प्याकेजिङ्ग सहितको बोतलको क्याप खोल्न सजिलो हुनुका साथै सजिलै मदिराको मात्रा पहिचान गर्न सकिने छ । नयाँ प्याकेजिङ्ग पहिलेको तुलनामा निकै आकर्षक रहेको कम्पनीले जनाएको छ ।  

प्याकेजिङ्ग नयाँ भए पनि स्वाद र गुणस्तर मा कुनै पनि सम्झौता नगरिएको जानकारी कम्पनीले जनाएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री