शनिबार, १५ वैशाख २०८१

कलर्सको एस १ फोन बजारमा, मूल्य ९ हजार ९ सय ९५ 

समयपोष्ट २०७४ मंसिर १९ गते ४:२४

नेपाली बजारमा कलर्स मोबाइलले एस शृङ्खलाको एस १ बजारमा ल्याएको छ । मेटालिक बडी रहेको यो फोनमा पछाडिपट्टि ८ मेगापिक्सल क्षमताको र अगाडिपट्टि ५ मेगा पिक्सल क्षमताको क्यामरा जडान गरिएको छ ।

Advertisement

यसको दुवैतर्फ फ्ल्याससमेत भएकाले प्रयोगकर्तालाई सेल्फी लिन सहज हुन्छ । फोनमा एण्ड्रोइड एन (नोगट ७.०) बाट सञ्चालन हुने र बहुपक्षीय एपयुक्त औठाछाप सेन्सरसमेत रहेको छ । उत्कृष्ट गुणस्तरको यो फोनको बजार मूल्य ९ हजार ९ सय ९५ रुपैयाँ कायम गरिएको छ । 

यो फोनको खरीदमा एनसेलको १२ हप्ता सम्म १०० एमबी डाटा निःशुल्क प्रदान गरिने कम्पनीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री