शुक्रबार, १४ वैशाख २०८१

काठमाडौंको चपलीमा बम विस्फोट, गगन थापा घाइते, दुई जनाको अवस्था गम्भीर

समयपोष्ट २०७४ मंसिर १८ गते ८:२८

काठमाडौंको चपलीमा बम विस्फोट हुँदा नेपाली कंग्रेशका उम्मेदवार गगन थापा घाइते भएका छन् । थापा बुढानीलकण्ठ नगरपालिका २ स्थित चपलीमा घरदौलोमा रहेका बेला विस्फोट भएको हो । काठमाडौं ४ का उम्मेदवार समेत रहेका नेता थापाको  बमको छर्रा लागि कान र ढाडमा चोट लागेको छ । विस्फोटमा थापासहित १० जना घाइते भएका छन् । उनीहरु मध्ये दुई जनाको अवस्था गम्भीर छ । थापासहित सबै घाइतेको शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । विस्फोट कसले गरायो भन्ने खुलेको छैन । प्रहरीका अनसार विस्फोट हुँदा थापा ४० मिटरको दुरीमा थिए ।

Advertisement

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री