शुक्रबार, १४ वैशाख २०८१

कैलाश विकास बैंकले १९.४५ प्रतिशत लाभांश वितरण गर्ने

समयपोष्ट २०७४ मंसिर १७ गते ५:४५

कैलाश विकास बैंकले सेयरधनीलाई १९.४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको  २४ औं वार्षिक साधारण सभाले गत आर्थिक बर्षको नाफाबाट वितरण प्रस्ताव गरेको चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर तथा ९.४५ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

Advertisement

 चालु आर्थिक बर्षको प्रथम त्रैमासमा ९ करोड ७२ लाख खुद नाफा कमाएको बैंकले मंसिर १३ गतेसम्म १८ अर्ब ३२ करोड निक्षेप संकलन गरी १६ अर्ब १९ करोड कर्जा प्रवाह गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री