शुक्रबार, १४ वैशाख २०८१

माछापुच्छ्रेको १५ प्रतिशत लाभांश पारित

समयपोष्ट २०७४ मंसिर १७ गते ५:३७

माछापुच्छ्रे बैंकले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको १९ औँ वार्षिक साधारण सभाले  ९ प्रतिशत बोनस तथा  ६ प्रतिशत नगद लाभांश पारित गरेको हाे ।  बैंकको साधारण सभाले आर्थिक बर्ष २०७३/ ७४ को बार्षिक प्रतिबेदन समेत पारित गरेको छ । 

Advertisement

आगामी ३ वर्षको लागि जे.पी. राजवाहक एण्ड कम्पनीलाई बाह्य लेखापरीक्षक नियुक्ती गर्ने निर्णय  समेत गरेको छ । हाल बैंकको चुक्ता पूँजी ७ अर्व ३९ करोड रुपैयाँ रहेको छ । ९ प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ । बैंकले सोही अवसरमा पोखराको नयाँबजार स्थित नयाँ एटीएम काउण्टरको समेत उद्घाटन गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री